कम्प्युटरको महत्व (Importance of Computer) || कम्प्युटर को परिचय

कम्प्युटरको परिचय



          कम्प्युटर विद्युतबाट चल्ने यन्त्र हो । यसको प्रयोगबाट हामी धेरै कार्य गर्न सक्छौं ।आधुनिक कम्प्युटरको विकास आबाकस बाट भएको हो । प्राचीन युगमा अवकास हिसाब गर्नका लागि प्रयोग गरिन्थ्यो । कम्प्युटरले इनपुट का रूपमा डाटा तथा निर्देशनहरू लिन्छ  । त्यसपछि उक्त डाटाहरु प्रशोधन गरी अउटपुतका  रूपमा अर्थपूर्ण नतिजा दिन्छ । यसले हाम्रो कामलाई छिटो ,सजिलो र भरपर्दो बनाउँछ । यसले धेरै कुराहरु सम्झन सक्छ । यसमा धेरै सूचनाहरू भन्डारण गर्न सकिन्छ ।यसबाट धेरै जानकारी पाउन सकिन्छ । त्यसैले यसलाई स्मार्ट मसिन भनिन्छ ।


कम्प्युटरलाई हामी हरेक क्षेत्रमा विभिन्न प्रयोजनका लागि प्रयोग गर्छौँ । कम्प्युटरमा विभिन्न सामग्रीको खोजी गर्न सकिन्छ ।यसबाट गणितीय हिसाब हरु पनि गर्न सकिन्छ ।कम्प्युटरमा हामी चित्र कोरेर रंग भर्न सक्छौं ।हामी धेरै कुरा लेखेर पछिको प्रयोजनका लागि भन्डारण गरेर राख्न पनि सक्छौं । यसको अतिरिक्त गीत सुन्न ,सिनेमा र कार्टुन हेर्न पनि यसको प्रयोग गरिन्छ । हामी कम्प्युटरमा खेल खेल्न सक्छौं । 
कार्यालयका विभिन्न कार्यहरू गर्न पनि कम्प्युटरको प्रयोग गरिन्छ । कम्प्युटर भर पर्दो सञ्चारको रूपमा प्रयोग भइरहेको छ । यसमा इन्टरनेट जोडेर लेखेका कुरा ,फोटो ,भिडियो आदि पठाउन सकिन्छ । त्यसकारण सञ्चारको क्षेत्रमा कम्प्युटरको महत्त्वपूर्ण स्थान छ ।


कम्प्युटरको भागहरू  

              कम्प्युरमा दुई प्रमुख डिभाइस हुन्छन्   । पहिलो इनपुट डिभाइस र दोस्रो आउटपुट डिभाइस हो । किबोर्ड र माउस इनपुट डिभाइस  हुन्  यीनबाट कम्प्युटरले इनपुट का रूपमा निर्देशनहरू लिन्छ । मनितर आउटपुट डिभाइस हो । यसमा हामीले गरेका कार्य देखिन्छ । सिस्टम ,किबोर्ड ,माउस र सिस्तम्युनित कम्प्युटर मुख्य भाग हुन् । कम्प्युटर सिस्टम बनाउन  मनिटरमा ,किबोर्ड र माउस लाई तारका मदतले सिस्टम युनिटमा जोडिएको हुन्छ ।

मनिटर

       मनिटरमा कम्प्युटर सिस्टमको प्रमुख आउटपुट डिभाइस हो । यसमा हामीले कम्प्युटरमा गरेका हरेक कार्य देखिन्छ ।

सिस्टम युनिट 
         यो कम्प्युटरको मुख्य भाग हो । यसभित्र कम्प्युटरमा सम्पूर्ण भित्री भागहरू रहेका हुन्छन् । यसले कम्प्युटर का अन्य सबै भागलाई नियन्त्रण गर्दछ । कम्प्युटरमा गर्न दिएको सबै कार्य यसले नै गर्दछ । त्यसैले यसलाई कम्प्युटरको मस्तिष्क भनिन्छ । यसलाई सेन्टर processing  unit CPU Pani भनिन्छ ।

माउस 

           माउस कम्प्युटरको औंल्याउने उपकरण हो । यसका मदतले मनिटरमा रहेका आइकनलाई क्लिक गर्न सकिन्छ । माउस लाई माउस प्याड अथवा समतल सतहमा राखेर चलाइन्छ । माउस लाई चलाउँदा मनिटरमा तीर आकारको चिह्न यताउता चल्छ । त्यही तीर आकारको चिन्हले औंल्याए र पोइन्ट गरेर आफूले गर्न चाहेको कार्य गर्न सकिन्छ । माउस को प्रयोग गरेर खेल खेल्न ,चित्र कोर्न र कम्प्युटरमा कार्य गर्नका लागि निर्देशन दिन सकिन्छ ।माउस इनपुट उपकरण हो । माउस मा बा या बटन र दा या बटन गरी दुई ओटा बटन हुन्छन् । ती बटनलाई थिचेर विभिन्न कार्य गरिन्छ । कुनै माउस मा दुई बटन का बीचमा  एउटा स्क्रोल ह्वील हुन्छ ।

Comments